माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख (पुर्णपाठ)

पाेखरा | असार ११, २०८१

माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख (पुर्णपाठ)

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि साढे ६५ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।


गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ १४ करोड ७७ लाख ६० हजार रुपैयाँ विनियोेजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले सडक र भवन निर्माणलाई बढी बजेट विनियोजन गरेको देखिन्छ ।


स्वास्थ्यतर्फ बाह्रै महिना औषधि खरिद, जेष्ठ नागरिकका लागि निशुल्क औषधी वितरण, विद्यालय नर्स कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण तथा उपचारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।


शिक्षातर्फ गाउँपालिकाले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, करार शिक्षक छनोट तथा शिक्षकलाई आवश्यक तालिम मातृभाषा शिक्षक अनुदानलाई बजेटमा समेटेको छ ।


शिक्षा, युवा तथा खेलकुदमा १९ करोड ५४ लाख ७१ हजार, स्वास्थ्यतर्फ ४ करोड ८१ लाख ५८ हजार ५ सय, कृषि तथा पशुपंक्षी विकासतर्फ ३६ लाख २० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५८ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ ।

(पुर्णपाठ)

 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्